कमेडी च्याम्पियनका पहिलो बिजेता हिमेश पन्त अब सानो पर्दाबाट ठुलो पर्दामा आफ्नो अड्डा जामाउँदैछन् । हिमेशले भर्खरै मात्र नयाँ चलचित्र वर एण्ड बधु साईन गरेका छन् । मिलन चाम्सले निर्देशन गर्न लागेको यो सिनेमाबाट हिमेशले नेपाली सिनेनगरीमा डेब्यु गर्दैछन् ।

‘बर एण्ड बधु’ का निर्देशकसँग सिनेमालाई लिएर हिमेशले एग्रिमेन्ट साईन गरिसकेका छन् । कमेडी र प्रेम कथामा बन्न लागेको यो सिनेमाको छायांकन भने बैशाखबाट हुने बुझिएको छ । यो सिनेमामा हिमेशसँगै आँचल शर्मा, बिवेश कर्माचार्य, किरण केसी, बुद्धि तामाङ्ग, बिजय लामा लगायतले पनि अभिनय गर्नेछन् । यो सिनेमामा हिमेश पन्त एनआरएन अर्थात गैरआवासीय नेपालीको भुमिकामा देखा पर्दैछन् ।
हिमेश यो सिनेमालाई लिएर निकै नै एक्साईटेड देखिएका छन्, एक त डेब्यु सिनेमा, त्यसमाथी चर्चित निर्देशक मिलन चाम्स अनि बिदेशको सुटिङ्ग । सिनेमा राम्रो बन्नेमा दुईमत छैन, अब यो सिनेमाले हिमेशको करियरलाई चाही कता लैजाला हेर्न बाँकी छ ।


यता हिमेश सिनेमा हिट हुने कुरामा ढुक्क छन्, चलचित्र आफ्नो सपना भएको पनि उनले सुनाउन भ्याएका छन् । ‘सानैदेखि सिनेमामा लाग्ने सोच थियो, आज आएर पुरा हुदैछ, खुशी छु । अब स्ट्याण्डअप र सिनेमालाई सँगसँगै अगाडी बढाँउछु ।’ हिमेश पन्तको प्रतिक्रिया यस्तो छ ।
यतिबेला हिमेश आफ्नो पुरा फोकस सिनेमाकै लागि लगाईरहेका छन् । यो सिनेमा ‘वर एण्ड बधु’ लाई बैशाख ३ गतेदेखि रोमानिया र टर्कीमा छायांकन गरिने भनेर जानकारी गराईएको छ । बन्न लागेको सिनेमा बर एण्ड बधुलाई मज्जाको टिभीको तर्फबाट मज्जाको शुभकामना ।

For More videos Log on to Mazzako TV