सगरमाथा चढ्दैछिन् दिया पुन, यस्तो छ तयारी (भिडियो)
नायिका दिया पुन एडभेन्चर लबिङ्ग नायिका हुन् । उनी प्रकृतिसँग हुन, रम्न मन पराउछिन् । ट्रेकिङ्ग, हाईकिङ्ग र माउन्टेनरिङ्ग उनको चाखको बिषय हो । नायिका दिया पुन यतिबेला सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । सबैकुरा मिलेमा उनी बैशाखको दोस्रो साता सगरमाथा आरोहणका लागि निक्लनेछिन् । यसका लागि चाहिने सबै आधारभुत तालिमहरु यिनले लिईसकेकी छिन् ।

दियाले यसअघि ८ हजार १ साय ६३ मिटरको मनास्लुको सफल आरोहण गरिसकेकी छिन् । त्यस्तै गरेर अर्जेन्टिनाको ६ हजार ९ सय ६१ ीमटर अग्लो माउन्ट कमोनकागुवाको पनि उनले आरोहण गरिसकेकी छिन् ।
युकेमा बसेर नर्सिङ्ग पेशा गर्दै आएकी दिया बेला बेला नेपाल आएर सिनेमा खेलेर फर्किने गरेकी छिन् । उनी यसपाली सगरमाथाको आरोहण गर्नका लागि गत फागुनमा नेपाल आएकी हुन् । सगरमाथा आरोहण गर्नका लागि करिब ४०–४२ लाख सम्म खर्च हुने उनले अनुमान लगाएकी छिन् ।

यसपाली सगरमाथाको चुचुरोमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डा सँगै उनको सिनेमा मन्त्रको पोष्टर पनि फहराउने योजनामा छिन् । उनको चलचित्र मन्त्र यही बैशाख १६ गतेदेखि प्रर्दशनमा आँउदैछ । जुन सिनेमामा दियाले सौगात मल्लसँग स्क्रिन सेयर गरेकी छिन् । अ हिमालयन लभ स्टोरी भनिएको सिनेमा मन्त्रलाई खिल बहादुर गुरुङ्गले निर्देशन गरेका हुन् ।
नायिका दिया पुनले यसअघि दयारानी, बीर बिक्रम, मिस्टर झोले लगायत सिनेमा र केही म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । साहसिली, एडभेन्चर लबिङ्ग दियालाई हाम्रो तर्फबाट मज्जाको शुभकामना । सगरमाथाको सफल आरोहणको लागि शुभकामना साथै उनको आगामी चलचित्र मन्त्रले पनि दर्शकको मन जित्न सफल रहोस शुभकामना ।








