‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर
फिल्म ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्मको गीतमा दीपक शर्माको संगीत रहेको छ । ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप दास र दीपा लामाको स्वर रहेको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने फिल्म जेठमा छायाँकन गर्ने तयारी रहेको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको कलाकार तथा प्राबिधिक टिम छनोट कार्य भई रहेको निर्देशक सुवेदीले बताए ।
सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन फिल्ममा हुने दाबी गरे । फिल्मको वितरण आर आर फिल्मसले गर्नेछ।








