‘चिसो मान्छे’ को इन्ट्रेष्टिङ टिजर सार्वजनिक
दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण भएको फिल्म ‘चिसो मान्छे’ को इन्ट्रेष्टिङ टिजर सार्वजनिक भएको छ । टिजरमा स्वस्तिमा खड्का कर्णाली भेगकी गाउँले महिलाको रुपमा प्रस्तुत भएकी छिन् । टिजरमा अभिनेता अर्पण थापाको भूमिकाले पनि इन्ट्रेष्टिङ छ ।

यसअघि निर्माण टिमले सार्वजनिक गरेको पोस्टरबाट पनि स्वस्तिमालाई मज्जाको तारिफ मिलेको छ । यो फिल्म आउँने असारको ३ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने छ ।
शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमा र अर्पणसंगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाल लगायतको अभिनय रहेको छ । फिल्मको निर्देशनसँगै कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र स्वयंको हो । दीर्घ खड्काले फिल्मलाई सम्पादन गरेका हुन् ।








