शुक्रबारबाट डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ टेलिभिजनमा प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजन एचडीले आज राजधानीमा एक कार्यक्रम गर्दै ग्राण्ड प्रिमियर हुने जानकारी दिँदै १२ स्टार्स प्रतिस्पर्धीलाई सार्वजनिक गरेको हो।

विभिन्न क्षेत्रमा स्थापित १२ जना सेलिब्रेटीहरुले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्ने यो कार्यक्रम हरेक हप्ताको दुई दिन शुक्रबार र शनिबार सांझ ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शो लाई आयोजक संस्थाले नेपालको मौलिक रियालिटी शो भनेको छ ।

कार्यक्रमबा बोल्दै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कंडेलले ‘डान्सिङ स्टार्स नेपाल’ नृत्य विधाको सशक्त कार्यक्रम रहेको बताए । निर्देशक तथा प्रोजेक्ट हेड लक्ष्मण पौडेलले ‘नन डान्सिङ विधाका सेलिब्रेटीहरुलाई नृत्यमा उतार्नु आफैमा च्यालेन्ज रहेको बताए । अघिल्लो संस्करणको अनुभवमा टेकेर ‘शो’को ‘फर्म्याट’मा केहि परिवर्तन गरिएको समेत पौडेलले जानकारी दिए ।

यो शोमा अभिनेत्री गौरी मल्ल, अभिनेता दीलिप रायमाझी र कोरियोग्राफर रेनशा वान्तवा राई निर्णायकको रुपमा छन् ।

‘शो’मा यो पटक चर्चित गायक धिरज राई, महिला रेस्लर भगवती खड्का, अभिनेत्री परमिता आर एल राना, लोकगायिका प्रीति आले, मोडल प्रदीप बास्तोला, मिस्टर नेपाल डा.सन्तोष उपाध्याय, एक खुट्टाले नृत्य गर्ने नृत्याङ्गना निलम ढुङ्गाना, मोडल सोनिका रोकाया, अभिनेत्री छिरिङ शैर्पा, टिकटक स्टार ट्विन अमर-अमृत दाहाल, मैथिली अभिनेत्री काजल कर्ण र मोटिभेसनल स्पिकर समाईरा श्रेष्ठ स्टार्सको रुपमा प्रतिस्पर्धामा हुनेछन् ।

निर्णायकले दिने अंक र हरेक साता हुने पब्लिक भोटिङमार्फत प्रतिस्पर्धिहरु एलिमिनेसन हुनेछन् । यसैबीच कार्यक्रममा आयोजकले विभिन्न प्रायोजकहरुसँग सम्झौता गरेको छ । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषाल र कार्यकारी निर्देशक कंडेलले प्रायोजकहरुसँग सम्झौता आदान प्रदान गरे । डान्सिङ स्टार्स नेपालको विजेताले २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

For More videos Log on to Mazzako TV