नायक अनमोल केसी र नायिका सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै लभ स्टोरी फिल्म फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको हो । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्म वैशाख १ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।

ट्रेलरमा अनमोल र सुहानाको प्रेम, सलोन बस्नेतको कमेडीको साथमा विछोडको पीडालाई मज्जाले चित्रण गरिएको छ । फिल्ममा अनमोल र सुहाना, सलोनका अलवा रवि गिरी, रेयर राई लगायतका कलाकारको पनि मुख्य भूमिका छ । साहिल खानले तयार पारेको ट्रेलरले फिल्मको ओपनिङ व्यापारमा ठूलो मद्दत गर्ने देखिएको छ ।

फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन, हिमाल केसीको एक्सन निर्देशन छ । फिल्मको ट्रेलरलाई लिएर नायक अनमोल केसी र नायिका सुहाना थापाले खुशी व्यक्त गरे ।

यसअगाडिका ३ सिरिज सुपरहिट भएको फिल्मको चौथो सिरिजले साउथको प्रतिक्षित फिल्म ‘केजीएफ २’सँग प्रतिस्पर्धा गर्दैछ । तर, निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापा नेपाली दर्शकले राम्रो नेपाली फिल्मलाई माया गर्नेमा ढुक्क छन् ।

For More videos Log on to Mazzako TV