‘२ नम्बरी’ मा बर्षाको ठाँउमा उपासना (भिडियो)
चलचित्र ‘दुई नम्बरी’ को कलाकार परिवर्तनको सिलसिला अझै पनि रोकिन सकेको छैन । सिनेमा सुटिङ्ग नजिकिदै गर्दा चलचित्रका नायक पल शाह प्रहरी हिरासतमा परेपछि उनको ठाँउमा सिनेमा युनिटले नायका सौगत मल्लाई सिनेमामा लिएको थियो भने अब फेरि चलचित्रकी नायिका पनि हेरफेर गरिएको छ ।

सिनेमाकी नायिका बर्षा राउतको ठाँउमा नायिका उपासना सिंह ठकुरीलाई सिनेमामा लिईएको बुझिएको छ । कागजी सम्झौता नभएको भएपनि मौखिक रुपमा सिनेमामा उपासना रहने पक्कापक्की नै भईसकेको छ । नायिका बर्षा राउतको समय नमिलेपछि सिनेमाबाट बर्षाले हात झिकेकी हुन् ।
यो सिनेमाको सुटिङ्गका लागि बर्षाले निकै कुरिन तर कहिले के कहिले के नमिलेपछि अन्तत उनले सिनेमाबाट हात झिकेकी छिन् । बर्षाले एक बेभ सिरिजमा काम गरिरहेकी छिन् ।
चलचित्र ‘दुई नम्बरी’ लाई दिपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् । यो सिनेमाको अन्य कलाकारहरुमा भने दयाहाङ्ग राई, उगेन छोदेन लगायत रहेका छन् । सिनेमामा दिपक मनाङ्गेले लगानी गरेका छन् ।यो सिनेमाको सुटिङ्ग चैत्र १५ गतेबाट शुरु गरिने भनेर जानकारी गराईएको छ ।








