फिल्म ’शमशेर’ मा नायक गौरव पहारी अनुबन्धित भएका छन् । उनि अनुबन्धित भए संगै निर्माण पक्षले उनको क्रोधले भरिएको रुपको पोस्टर सार्वजनिक गरेको छ । फिल्ममा उनि रागवको भूमिकामा देखिदै छन् ।

निर्माण टीमले नायक मनिष राउत ‘शमशेर’ को भूमिकामा यसअघिनै अनुबन्धित गरिसकेको छ । उनको एक्सन अवतर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ। फिल्मको फस्ट लुकमा हेर्दा दुई अभिनेता बिचको टकराव मज्जाकै रहने बुझ्न सकिन्छ ।

एक्सन जनरामा निर्माण हुने फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डीआर डेनिमको सहकार्यमा निर्माण गर्न लागेको हो । फिल्मका लागि नायिका भने फाइनल गर्न बाकी रहेको छ । अभिनेत्रीको खोजी भैरहेको बुझिएको छ ।
फिल्मको छायांकन काठमाण्डौ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुनेछ । सीबड्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष र गौरवको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा संगीत अर्जुन पोखरेलले भर्नेछन् ।

For More videos Log on to Mazzako TV