‘लाइफ इन एलए’ को रिलिज डेट सर्दै जेष्ठ ६ मा पुग्यो
फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको फिल्म अब नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । यसअघि यो फिल्म बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो ।

फिल्म ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । ‘लाइफ इन एलए’ अमेरिका र नेपालमा छायांकन भएको हो ।
सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएका फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्म अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।
दीपक वली एसोसियट निर्देशक रहेको फिल्मका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।
For More videos Log on to Mazzako TV







