आज शुक्रवारबाट फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ । मंगलबार साँझ गरिएको प्रिमियर शोमा फिल्म हेरेपछि फिल्मलाई मज्जाको प्रतिक्रिया मिलेको थियो । ट्रेलर र गीतंगीतबाट पनि ठूलो आश जगाएको फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो शो पाएको छ ।

राजधानीका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई उठान गरिएको ‘चिसो एष्ट्रे’ कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण गरिएको हो । फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय छ ।

दिन्स पाल्पाली निर्देशित फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह–निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । फिल्ममा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV