मनिष राउत ‘शमशेर’ बन्दै
फिल्म ‘शमशेर’ निर्माण हुने भएको छ । फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराइएको छ । फिल्ममा अभिनेता मनिष राउत ‘शमशेर’ भूमिकामा प्रस्तुत हुने छन् । एक्सन जनरामा निर्माण हुन लागेको फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिने छ ।

फिल्ममा अभिनेता पक्का भएपनी अभिनेत्री भने फाइनल भैसकेको छैन । हाल निर्माण टिमले अभिनेत्रीको खोजीमा गरिरहेको छ । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ ।

सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिषको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ ।
For More videos Log on to Mazzako TV







