‘हेल्लो जिन्दगी’ को रिलिज डेड सर्यो, अब चैत्र १८ मा
चैत्रको ११ गतेबाट रिलिज हुने भनिएको नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति पोस्टपोण्ड भएको छ । साउथको फिल्म ‘आरआरआर’ प्रदर्शन हुने भएपछि ‘हेल्लो जिन्दगी’ एक साता पछि सरेको छ । फिल्म एक साता पछि अर्थात चैत्रको १८ गतेबाट प्रदर्शनबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम डी जोशी, दीपिका प्रसाँई, प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा लगायतका कलाकारको अभिनय छ । सत्य घटनामा आधारित भनिएको फिल्मलाई विक्रम डी जोशी र हिराल जोशीले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV







