ऋचा शर्माको ‘कौसीद’ जेठ २७ मा
फिल्म ‘कौसीद’ को रिलिज डेट घोषणा गरिएको छ । फिल्मको एक पोस्टर सार्वजनिक गर्दै जेठ २७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हो । सार्वजनिक भएको पोस्टरमा अभिनेत्री ऋचा शर्मा मात्र प्रस्तुत भएकी छिन् । उनि पौसाको बिटो बोक्दै अचम्मित मुद्रामा प्रस्तुत छिन् ।

फिल्मले बैकिङ ऋणको एउटा परिवारलाई कस्तो असर पार्दछ भन्ने कुराको चित्रण गरेको छ । कुमार भास्कर निर्देशित फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।
फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा निर्मित फिल्मको कोरोना महामारीका बीच छायांकन भएको थियो । आर.आर फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ । फिल्मको प्रस्तुतकर्तामा अभिनेत्री ऋचा शर्मा रहेकी छिन् ।
For More videos Log on to Mazzako TV







