कोरोना महामारीका कारण रिलिज स्थगित भएको फिल्म ‘कृष्णलीला’को रिलिज मिति घोषणा गरिएको छ । पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म कृष्ण जन्माष्टमीको अवसर पारेर भाद्र ३ गतेबाट रिलिज हुनेछ ।

दीपक ओली निर्देशित फिल्मको होलीको पुर्वसन्ध्यामा रिलिज मिति घोषणा गरिएको हो । यसअघि २०७७ को चैत २७ लाई मिति तय गरेपनि दोस्रो लहरको कोरोनाका कारण फिल्म रिलिज हुन पाएको थिएन । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प र श्रद्धाका अलवा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारको अभिनय छ ।

रोहित कटेलको प्रस्तुति रहेको ‘कृष्ण लीला’का निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ रहेका छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको फिल्मको सह–निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । फिल्ममा शिव ढकालरबाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

For More videos Log on to Mazzako TV