दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने फिल्म ‘२ नम्बरी’ मा नायक सौगात मल्लको इन्ट्री भएको छ । २ बर्ष अगाडि शुभसाइत गरेर छायांकन सुरु गरेको फिल्ममा अभिनेता पल शाहको ठाउँमा सौगात मल्ल इन्ट्री भएका हुन् । नायक पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा नायक सौगात मल्ललाई अनुवन्धित गरेको हो । सौगात मल्ल अनुवन्धित भएसँगै फिल्मको मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।

चैत्रको १५ गतेबाट फिल्म छायांकनमा जान लागेको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मले २ साथीको मित्रताको कथा भन्नेछ । सौगात मल्लको प्रवेशसँगै निर्माणपक्षले यसको प्रदर्शन मिति पनि तय गरेको छ । फिल्मलाई कार्तिक ४ गते तिहारको अवसरमा प्रदर्शन गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

फिल्ममा दीपक मनाङ्गे र अमला देवी राईको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

For More videos Log on to Mazzako TV