फिल्म ‘हिजोआजका कुरा’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म आगामी वर्षको असोज २८ गतेबाट अलप्रदर्शनमा आउने भएको हो । यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म कोरोना महामारीका कारण पोस्टपोण्ड भएको थियो । टेलिभिजनमा सफल शृंखलाको नामबाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन् ।

फिल्ममा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ । काठमाडौं र चितवनमा छायाँकन गरिएको फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्य लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

पन्त फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा निर्देशक साकार र कलाकार सन्तोष पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । फिल्म सह–निर्मातामा अशोक घिमिरे छन् ।

For More videos Log on to Mazzako TV