सुरज पाण्डेको डेव्यु निर्देशन रहने फिल्म ‘परस्त्री’ को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुर स्थित बंगलामुखी मन्दिरमा फिल्मकोे शुभमुहूर्त गरिएको हो । फिल्म ‘परस्त्री’ निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिडेको छ । मुस्ताङमा १० दिनसम्म सिनेमाको गीतको छायांकन गरिनेछ । भने, बाँकी ३० दिन काठमाडौं छायांकन सेड्युल राखिएको छ ।

लेखक तथा निर्माता दिपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै काठमाडौंमा सिनेमाको सिन खिच्ने गरी तयार भएको बताए ।नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्मको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्म आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट अलनेपाल एकसाथ प्रदर्शन हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्मलाई निरज पाण्डेले खिच्ने छन् । निर्देशक पाण्डेले आफु र आफ्नो टिमले लामो समयदेखि फिल्मको प्रि–प्रोडक्सनको राम्रो तयारी गरेकाले पनि राम्रो फिल्म बन्ने विश्वास व्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV