‘आकाशे खेती’ प्रदर्शनमा
आज शुक्रबारबाट नेपाली फिल्म ‘आकाशे खेती’ प्रदर्शनमा आएको छ । उदय सुब्बाको निर्देशन, निर्माण र लेखनमा तयार भएको ‘आकाशे खेती’ मा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयलाई फिल्मले उठाएको छ । फिल्ममा विल्सनको पटकथा तथा संवाद छ । आजै साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘राधे श्याम’ पनि प्रदर्शनमा आएको छ । नेपालका अधिकांश मल्टीप्लेक्सहरुले ‘राधे श्याम’ लाई ठूलो शो दिएका छन् । यता ‘आकाशे खेती’लाई भने औसत शो मिलेको छ ।








