हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’ प्रसारणमा
हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’ नेपाल टेलिभिजनबाट आज बाट प्रसारणमा आएको छ । ‘ख्याल ठट्टा’ लाई ‘गोलमाल’ टेलिसिरियलका निर्देशक नेत्र राउतले निर्देशन गरेका हुन् ।

कि एड्भटाईजको प्रस्तुती रहेको ‘ख्याल ठट्टा’ लाई दुर्गा बन्जाडेले निर्माण गरेका हुन् । यो सिरियल प्रत्येक बुधबार नेपाल टेलिभिजनमा प्रसारण हुन्छ, भने ‘एन स्क्वाएर’ युटुब च्यानलमा पनि हेर्ने सकिने छ ।
टेलिसिरियलमा मुकुन्द थापा, विनोद राई (ध्याम्पे), नविना सिलवाल (खुईली), नेत्र राउत (तिखे), विनोद सुवेदी (कुरौटे टाटे), दुर्गा बन्जाडे (दोकाने माईलो), सस्मिता गिरी, मुस्कान लामा, नवुजंग थापा (ज्यामालाउने) हेम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।








