‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा बिक्रम डि र दीपीका रोमान्टिक
यहि चैत्र ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनीक गरिएकोे फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको छ । एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत छ ।

भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं रोमान्टिक मोडमा प्रस्तसत छन् । बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको युकेका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो ।
एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्ममा बिक्रम र दीपीकाका अलवा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।
For More videos Log on to Mazzako TV








