फिल्म ‘परदेशी २’ आगामी दशैंमा रिलिज हुने भएको छ । बुधबार फिल्म निर्माण टीमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैँमा रिलिज गर्ने घोषणा गरेको हो । सार्वजनिक फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटी प्रस्तुत छन् ।

फिल्मका निर्देशक  नारायण रायमाझी हुन् । नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले मिलेर ‘परदेशी २’ लाई निर्माण गरेका हुन् । रमेश बीजीको कथा रहेको फिल्ममा प्रकाश, दिलीप, प्रशान्त, केकी, वर्षा का अलवा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतकोे अभिनय गरेका छन् ।

फिल्ममा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको यो फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

For More videos Log on to Mazzako TV