‘वर एण्ड वधु’ मा आँचलको जोडी विवेक
निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेकोे नयाँ फिल्म ‘वर एण्ड वधु’ मा नायिका आँचल शर्मा मुख्य अभिनेत्रीको रुपमा काम गर्दैैछिन् । यो फिल्मकोे छायांकन अब केही दिनमै सुरु गर्ने तयारी रहेको बुझिएको छ ।
यसैबिच फिल्म ‘वर एण्ड वधु’ टीमले फिल्मका मुख्य नायक फाइनल गरेको छ । फिल्ममा नायिका आँचल शर्माको वधुकोे रुपमा नव–कलाकार विवेक कर्मचार्यले काम गर्ने फाइनल भएको छ ।

विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । विगत केही समयदेखि उनी फिल्मकोे तयारीमा व्यस्त छन् ।
एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई कमेडी र लभ स्टोेरी कथामा निर्माण गरिदैछ ।
नायिका आँचल शर्माले यही चलचित्रको लागि आफ्नोे तौैल पनि घटाएकी छिन् । फरक कथामा बन्न लागेको चलचित्रका कारण आफू उत्साहित भएको आँचलको तर्क छ ।

नेपाली चलचित्रमा नयाँ नायकको अभाव भैरहेको समयमा आँचलको वर बन्न लागेको विवेकले नयाँ संभावना देखाउने मिलनकोे विश्वास छ ।
For More videos Log on to Mazzako TV







