सुरक्षा पन्तको ‘बुलाकी’ को फर्स्टलुक पोस्टर यस्तो
फिल्म ‘बुलाकी’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । मंगलबार अन्तराष्ट्रिय नारी दिवसको अबसरमा एक फरक अवतारको पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ ।कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको कथामा फिल्म निर्माण भएको बताइएको छ । लक्ष्मण सुनारको निर्देशन रहेको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् ।

स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्म डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा खिचिएको हो । फिल्ममा सुरक्षासंगै नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल,रमेश बुढाथोकी,सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिब ढकालले खिचेका हुन् । केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी निर्माता टोपेन्द्रले दिएका छन् ।
For More videos Log on to Mazzako TV







