अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म ‘मन्त्र’ को रिलिज डेट तय भएको छ । मंगलबार फिल्मको टीमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म आगामी बैशाख १६ लाई रिलिज डेट तय गरेको हो ।

खिल बहादुर गुरुङ निर्देशित फिल्ममा सौगात र दीयाका अलवा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेका छ । फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ एउटा अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले दाबी गरेका छन् ।

दीयाले सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र फिल्मको पोस्टर फहराउने जानकारी दिइन् । यसै साता बेलायतबाट नेपाल आएकी दीया बैशाखमा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । फिल्मको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्माण टिमले सगरमाथा आरोहण गर्न लागेकी दीया पुनलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डासहित फिल्मको पोस्टर हस्तान्तरण गरेको थियो ।

For More videos Log on to Mazzako TV