नायक अनमोल केसी तथा अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाख १ गते प्रदर्शन हुने फिल्मको लोक लयमा आधारित ‘सुन्तला’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अनमोल र सुहाना लाई प्रस्तुत गरिएको छ ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिने छ । उदयराज पौडेल गीतका एरेन्जर हुन् । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV