‘कबड्डी ४’ को ‘केशरी’ मा सौगात र मिरुनाको रोमान्स
बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार ‘केशरी’ बोलको गीत सार्वजनिक गरिएको हो । राम अविरल विष्टको शब्द रहेको गीतमा गायक एसडी योगीको संगीत र स्वर पनि एसडी योगीकै सुन्न सकिन्छ ।
अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर भिडियोमा प्रस्तुत भएका छन् । रामबाबु गुरुङ निर्देशित त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘कबड्डी ४’ आउँदो जेठ १३ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने छ ।

फिल्ममा सौगात, मिरुनासंगै अभिनेता दयाहाङ राई बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् ।








