टेलिसिरियल ‘आधा खुशी’ को ट्रेलर सार्वजनिक
निर्देशक घनश्याम लामिछाने निर्देशित टेलिसिरियल ‘आधा खुशी’ को ट्रेलर सार्वजनिक भएको छ । लेखक प्रदीप भारद्धाजले लेखेको टेलिसिरियल प्रज्ञा फिल्मस प्रा.लीको व्यानरमा निर्माण भएको हमे । टेलि सिरियल पारिवारिक प्रेमकथामा निर्माण गरिएको छ ।
प्रज्ञा जोशीले निर्माण गरेको सिरियलमा सरोज खनाल, प्रज्ञा जोशी, लब शर्मा, भाबु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुइँटेल, दिपेश लामिछाने, निभा अधिकारी, बिष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुयाँल, सङिता बस्याल, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।

यो टेलिसिरियल चैत ७ गतेदेखि सिटि वान टेलिभिजन र ओ एस आर मुभिज बाट प्रशारणमा हुनेछ । हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, जुनिम गहतराजको कलर, श्याम लामाको मेकअप, बिकास चौधरीको संगीत रहेको छ । सिरियलकी सह–लेखक सबु सुवेदी हुन् ।
निर्देशक लामिछानेले यसअघि ‘धौली, पन्चेबाजा र अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसेकाक छन् । भने निमात्री जोशी पनि टेलि सिरियल ‘सिन्दुर’पछि सिरियल निर्माणमा फर्किएकी छन् । उनले ‘सम्झना, सपूत, न बिर्से तिमिलाइ न पाए तिमिलाइ, नोटबुक’ लगायतका सफल सिनेमा पनि निर्माण गरिसकेकी छन् ।








