यहि फागुन २७ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘आकाशे खेती’ मैत्रिपूर्ण फूटबलमा जित हासिल गरेको छ । उदय सुब्बा निर्देशित फिल्म ‘आकाशे खेती’ ले को प्रचार प्रसारको क्रममा रमाइलो मैत्रिपूर्ण फूटवल खेलेको हो ।

बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्लव द्धारा आयोजना गरिएको रमाइलो मैत्रिपूर्ण फूटवल च्याम्पियनसिपमा शनिबार भएको खेलमा यहि फागुन २० बाट रिलिज भएकबो फिल्म लप्पन छप्पन लाई ३–२ को अन्तरले आकाशे खेती बिजय भएको छ ।
फिल्म आकाशे खेतीमा काम नगरि पैसा कमाउने उदेश्य भएका ३ युवाहरुको कथालाइ समेटिएको छ । हाल सम्म रिलिज भएको फिल्मकोे एउटा गीत र ट्रेलरलाइ दर्शकले रुचाएको निर्माण टिमले बताएको छ ।

फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राइ, बुद्धि तामाङ, रबिन्द्र झा, निता ढुंगाना, शिशिर वाङ्देल, लक्षु शर्मा, रमा लिम्बु, क्रिशा गुरुङ, अनुप याक्सो, रजनि गुरुङ तथा स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV