फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा
फिल्म ‘प्रेमगञ्ज’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा तय भएको हो । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा शुभकामना नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतको छ । फिल्मका निर्देशक परिच्छेद शेन हुन् ।

फिल्म ‘प्रेमगञ्ज’ बाट तेज गिरीले डेब्यु गर्दैछन् । उनि पेसाले बैंकर हुन् । तेज र बेनिशा हमाल मुख्य भुमिकामा देखिएका छन् । फिल्ममा सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
स्पट व्याईका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।








