यहि चैत ४ मा रिलिज हुने फिल्म ‘चिसो एष्ट्रे’ को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार चर्चित गायक रविन तामाङको शब्द, संगीत र स्वर समावेश फिल्मको शीर्ष गीत रिलिज गरिएको हो ।

रबिन फिल्म क्षेत्रमा पनि निकै चर्चित छन् । अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय देखिन्छन् । उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए जसको भारतमा निकै चर्चा भएको थियो ।

रविन तामाङ लामो समयपछि फिल्म ‘चिसो एष्ट्रे’ मार्फत अभिनयमा निरन्तरता दिदै छन् । फिल्मको गीत नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया समेत गरियो । सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको फिल्मको टीमको भनाइ थियो ।

For More videos Log on to Mazzako TV