भाद्र ३१ मा धिरज र अदितीको ‘बाबरी’
नायक धिरज मगर र नायिका अदिती बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ को रिलिज मिति तय गरिएको छ । फिल्म आगामी भाद्र ३१ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै बाबरीको रिलिज मिति घोषणा गरको हो ।सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । फिल्ममा अदिति विजेता, धिरज मगर बिक्रान्त र धिरज नाडकर रोनिशको भूमिकामा प्रस्तुत गरिएको हो ।

फिल्मलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा धिरज, अदितीसंगै धिरज नाडकरको मुख्य भुमिका रहेको छ । बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा कथा निर्देशक पौडेलले नै लेखका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुष्मा गुरुङ छन् ।
क्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मकोे काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमो छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।
For More videos Log on to Mazzako TV







