भाद्र २४ मा सौगात र सृष्टिको ‘द सिक्रेट अफ राधा’
सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्म आगामी भाद्र २४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ लगायत कलाकारको अभिनय छ । फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइनेछ । फिल्ममा सृष्टि श्रेष्ठ मुख्य क्यारेक्टरमा प्रस्तुत छिन् । सौगात र श्रृष्टि ‘रियल जोडी’ समेत हुन् ।

फिल्म दोस्रो लकडाउनअघि पालुङ र आसपासका क्षेत्रमा छायांकन गरिएको हो । निर्माण टिमको जनाएको छ । यो फिल्मलाई निर्देशक सुवर्ण थापासँग मिलेर सौगात मल्लले निर्माण गरेका हुन् ।
आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ ।
For More videos Log on to Mazzako TV







