संचारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक भएको छ । बिहिबार ज्ञवालीको अवसरमा एक कार्यक्रको आयोजना गर्दै सर्टफिल्म सार्वजनिक गरिएको हो । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय रहेको छ ।

फिल्ममा हनिमुनको दिन सानो कारणले झगडाको रुप लिएपछि उत्पन्न हुने बिषयलाई मज्जाले देखाउन खोजेको छ । रामजीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

सार्वजनिक फिल्म हनिमुनमा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडांस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक भव्य कार्यक्रमकाबीच चलचित्र हनिमुन सार्वजनिक गरिएको हो ।

For More videos Log on to Mazzako TV