यहि चैत ११ गतेबाट अलनेपाल सर्वजनिक प्रदर्शन हुने फिल्म ‘चिसो एस्ट्रे’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सविन राईको स्वर सुन्न सकिन्छ । लामो समयपछि सविनले यही गीतबाट कमब्याक गरेका हुन् । दिनेश पाल्पालीको शब्द रहेको गीतमा संगीत अजर जंगमले गरेका छन् । फिल्मको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

फिल्मलाई दिनेश पाल्पालीको निर्देशन गरेका हुन् । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सहनिर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

फिल्ममा दिव्यदेव, नवीनलम्साल, निकुनश्रेष्ठ, सुशील राज पाण्डे, रवीनतामाङ र सृष्टि श्रेष्ठ आदिकलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV