मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म यहि फागुन २० गतेबाट अलनेपाल सार्वजनिक हुनेछ । बुधबार युटुबमा सार्वजनिक गरिएको ट्रेलरमा पैसा र पावरलाई प्रस्तुत गर्न खोजिएको छ ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।

For More videos Log on to Mazzako TV