‘ह्रस्व दीर्घ’ मा प्रेम जोडी हरिहर र नीता
प्रेम जोडी ज्योतिषी तथा नायक हरिहर अधिकारी र नीता ढुंगाना फिल्म ‘ह्रस्व दीर्घ’ मा काम गर्ने भएका छन् । बुझिए अनुसार नीता र हरिहर जोडीको रुपमा प्रस्तुत हुने छन् । फिल्ममा नीता ढुंगानाको अभिनयसंगै निर्देशन पनि रहनेछ । फिल्मका बाँकी कलाकारको छनौटको काम अन्तिम चरणमा पुगेको बताइएको छ । फिल्म नेपाल र भारतमा छायांकन हुने बझिएको छ । केहि कलाकार भारतिय समेत रहने बुभिएको छ ।

चर्चित ज्योतिषी हरिहर अधिकारी यसअघि ‘शुभ लभ’ बाट अभिनयमा डेब्यु गरेका थिए । नीता र हरिहरले ‘श्रीमतभगवत गीता’ को नेपाली संस्करण बनाउँने घोषण गरेका थिए । ‘श्रीमतभगवत गीता’ पोस्टपोण्ड गर्दै ‘ह्रस्व दीर्घ’ मा पहिले काम गर्ने छन् । यो फिल्म रोमान्टिक लभ स्टोरी जनरामा निर्माण हुने बताइएको छ । फिल्मलाई निता र हरिहरले नै निर्माण गर्नेछन् ।
For More videos Log on to Mazzako TV







