झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को शिर्ष गीत युट्युव ट्रेन्डिङमा समाबेश भएको छ । नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्मको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको थियो । रिलिज भएको गीतलाई १८ घण्टामा ४ लाख ९० हजार बढि दर्शकले हेरेका छन् ।

अधिकांश दर्शकले अभिनेता अनमोल केसी र सुहाना थापाको केमेष्ट्रीको तारिफ गरेका छन् । फिल्म ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर तयार गरिएको गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । सार्वजनिक गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । छायांकन संजय लामाको रहेको छ ।

बैशाख १ गतेबाट प्रदर्शनमा हुने फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा कथा झरना थापाले लेखेका हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

For More videos Log on to Mazzako TV