राजेश हमाल ‘साथी मार्ट’को ब्राण्ड एम्बेस्डर
अभिनेता राजेश हमाल ‘साथी मार्ट’को ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच ‘साथी मार्ट’का फाउन्डर तथा सिइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो ।
ब्राण्डसँग जोडिएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वासनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने हमालले बताए ।
‘साथी मार्ट’सँग आफू जोडिनुको कारणबारे उनले कार्यक्रममा भने, ‘यो कम्पनीको उद्देश्य र विश्वसनियता राम्रो भएकाले नै म ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध भएको हुँ । अहिलेको अवस्थामा रिटेलिङ सपिङ्ग हरेक व्यक्तिको आवश्यकतामा पर्छ । कसरी सबैको आवश्यकतालाई सहज र सजिलोसँग परिपूर्ति गर्ने भन्नेमा ‘साथी मार्ट’ को उद्देश्यबाट म प्रभावित छु ।’
यस्तै मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने- ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’
छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ ले स्वदेशी उत्पादनलाई पनि प्राथमिकतामा राखेकाले ग्राहकको रोजाई बन्ने राजेशको विश्वास छ । ‘स्वदेशी उत्पादन भनेपछि क्वालिटीमा कम्प्रोमाइज हुन्छ भन्ने हामी नेपालीहरुको सोचाइ छ । तर, त्यो धेरै ठूलो भ्रम हो । स्वदेशमा उत्पादन हुने कति चिजहरु विदेशमा उत्पादन हुने चिजभन्दा धेरै गुणस्तर हुन्छन् । यसैले हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ,’ हमालले भने ।
आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको यो मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको सिइओ पोखरेलले बताए ।
‘साथी मार्ट’ को वेबसाइट WWW.SAATHIMART.COM मा आफूलाई आवश्यक सामान अर्डर गर्न सकिनेछ । हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा ‘साथी मार्ट’ को मोबाइल एप उपलब्ध रहेको र छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने सिइओ पोख्रेलले जानकारी दिए ।
For More videos Log on to Mazzako TV









