दर्शकले युट्युबमा विशेषगरि, हाँस्य सिरियलहरुलाई निक्कै रुचाएका छन् । यसैले पनि युट्युबको ट्रेन्डिङमा हाँस्य सिरियलहरुकै वर्चस्व देखिन्छ । विगत १० भागदेखि प्रशारण भैरहेको कमेडी सिरियल ‘उकुस मुकुस’लाई पनि दर्शकले रुचाएको यसको निर्माणपक्षले बताएको छ । सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको जानकारी निर्माणपक्षले गराएको छ

। यो सिरियलमा दिलिप तामाङ ‘हुरहुर’, बेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ । यो सिरियलमा पटकथा तथा संवाद केदार प्रसाद घिमिरे र दिलिप तामाङको छ । यस्तै, लेखन सुपरिवेक्षणको रुपमा केदार प्रसाद घिमिरेले काम गरेका छन् ।

लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको छ । आफुहरुले सिरियलमा गाउँघरका बिषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराइले जानकारी दिए । ‘उकुस मुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ ।

For More videos Log on to Mazzako TV