नेपाली फिल्म क्षेत्र शुन्य छ । दोश्रो चरणको निषेधाज्ञाले चलमलाउन थालेको फिल्म क्षेत्र थला परेको छ । कोरोना महामारीका कारण देशभरका २० भन्दा बढी हल सधैका लागि बन्द भएका छन् । जसमा कुमारी, जय नेपाल, गोपिकृष्ण जस्ता हल पनि छन् । यसले अब नेपाली फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किन कती समय लाग्ने हो भन्ने चिन्ता देखिएको छ ।

केही दिन अघि निर्माता, निर्देशक, वितरक तथा प्रदर्शक अशोक शर्माले नेपाली फिल्म क्षेत्र लयमा फर्किन १० बर्ष लाग्ने बताए । जुन गतीमा कोरोना महामारी अघि नेपाली फिल्म क्षेत्र अघि बढेको थियो, सोही अनुसार बढ्न १० बर्ष लाग्ने उनको तर्क थियो । नेपाली फिल्म क्षेत्रले अब यो गती कहिले समात्ला ?

१० बर्षसम्म नेपाली फिल्म क्षेत्र पुरानो अवस्थामा फर्किन समय लागेको अवस्थामा यहाँ काम गर्ने प्राविधिक, कलाकारको अवस्था के होला ? यो भने चिन्ताको बिषय हो । तर, कोरोनाका कारण सबैभन्दा बढी मारमा फिल्म क्षेत्र परेको छ । जुन, सहजै तग्रिन संभावनामा छैन ।

For More videos Log on to Mazzako TV