ह्याप्पी बर्थ डे जसिता गुरुङ
अभिनेत्री जसिता गुरुङ आफ्नो जन्मदिन मनाउँदैछिन् । मे १६ मा जन्मिएकी जसिताले आफ्नो जन्मदिन सेलिव्रेशन गरेको फोटो समेत शेयर गरेकी छिन् । नेपाली फिल्म क्षेत्रमा आशाको रुपमा हेरिएकी यी सुन्दरीले लिलिबिलीबाट करिअर सुरु गरेकी हुन् । यो फिल्ममा उनले गरेको अभिनयको चर्चा भयो ।

यसपछि भने जसिता चम्किइन् । जसिताले यसपछि लभ स्टेशन र आई एम ट्वान्टी वानमा काम गरिन् । आई एम ट्वान्टी वान रिलिज भएको छैन भने लभ स्टेशन असफल भयो । फिल्म रिलिज नहुँदा रिजर्भ नै बस्ने यी अभिनेत्री लण्डनमा छिन् । जसिताको जीवनमा उनको प्रेमको पनि चर्चा भयो । लिलिबिलीमा काम गरेपछि अभिनेता प्रदिप खड्कासँग उनको नाम जोडियो ।
तर, उनीहरुले प्रेम स्विकार भने गरेनन् । जसिता नेपाली फिल्ममा संभावना बोकेकी अभिनेत्री हुन् । जसितालाई जन्मदिनको शुभकामना ।








