पुष्प खड्काको सहयोग
अभिनेता पुष्प खड्काले कोरोना संक्रमित भएर अक्सिजन आवश्यक परेकाहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् । उनले, कैलालीको मैनादेवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन सहयोग गरेका हुन् ।

पुष्पले, अक्सिजन खरिद गर्नका लागि रकम सहयोग गरेको बताएका छन् । नेपाली फिल्म क्षेत्रका सफल अभिनेता खड्का लामो समयदेखि सामाजिक सेवामा पनि सक्रिय छन् । पुष्पले यो समयमा सबैले आ आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए ।
उनले, आफू सहयोगका लागि सधै तयार रहेको बताउँदै आगामी दिनमा पनि आफूले सक्ने सहयोग जारी राख्ने बताएका छन् । फिल्म अझै पनिबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेताले पछिल्लो समयमा आफूलाई व्यस्त बनाएका छन् । पुष्प निर्माताको पहिलो रोजाइका अभिनेता समेत हुन् ।








