निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म विर विक्रम २ ले नेपाली हलमा राम्रो व्यापार गर्न सकेन । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी जस्ता कलाकार हुँदा पनि यो फिल्म गतिलो चलेन । फिल्म गतिलो नचलेपनि यो फिल्मलाई अब हिन्दी भाषामा रिलिज गर्ने तयारी मिलनले गरेका छन् ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fmilan.chams%2Fvideos%2F10221748921094217%2F&show_text=true&width=560

२ बर्ष अघि नै यो फिल्मलाई हिन्दी भाषामा डब गरेर भारतमा रिलिज गर्ने तयारी गरिएको थियो । तर, कोरोनाका कारण फिल्म रिलिज हुन पाएन । मिलनले यो फिल्मलाई अब दर्शकका लागि हिन्दी भाषामा रिलिज गर्ने बताएका छन् ।

फिल्मको हिन्दी डब गरिएको क्लिप्स सार्वजनिक गर्दै उनले हिन्दी भाषामा फिल्म युटुबमा रिलिज गर्ने उनको तयारी छ । फिल्म प्रेमगीत ३ पनि हिन्दी भाषामा रिलिज गर्ने तयारीमा यसका निर्माता तथा निर्देशक सन्तोष सेन लागेका छन् ।

For More videos Log on to Mazzako TV