अभिनेता तथा निर्देशक शिवहरि पौडेल कोरोना संक्रमित भएका छन् । रुघा र खोकीले ग्रसित भएपछि उनले पीसीआर टेष्ट गरेका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पताल भर्ना भएका छन् । उनको नैकापस्थित एपीअफ अस्पतालमा उपचार भैरहेको छ ।

अस्पताल भर्ना भए लगतै श्वास प्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजनको सहारामा उपचार गरिएको वुझिएको छ । नेपालमा कोरोनाको दोश्रो लहरले भयावह अवस्था लिएपछि कोरोनाको चपेटामा धेरै कलाकार आएका छन् । गायकय प्रकाश सपुतले केही दिन अघि मात्र कोरोनालाई जितेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठ भने अस्पतालमा नै उपचार गराइरहेका छन् । उनीसँगै निर्देशक दीपक आचार्य, कलाकार सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, अभिनेत्री शिल्पा मास्के, अभिनेत्री वर्षा राउत लगायत पनि कोरोनाको चपेटामा आएका छन् । उनीहरु घरमै आइसोलेसनमा छन् ।

For More videos Log on to Mazzako TV