के भोजपुरी फिल्ममा चम्केलिन् त शिल्पा ?
अभिनेत्री शिल्पा पोखरेलको करिअर नेपाली फिल्ममा त सुखद छैन । नेपाली केही फिल्ममा काम गरे पनि उनी अपेक्षित रुपमा हिट हुन सकिनन् । बरु, निर्माता छविराज ओझासँगको बिहे र डिभोर्सले उनलाई विगत केही बर्षदेखि चर्चामा ल्याइरहेको छ ।

उनै, शिल्पा भोजपुरी फिल्म उद्योगमा पनि आफ्नो करिअर बनाउने दाउमा छिन् । शिल्पाले अभिनय गरेको फिल्म प्रेमगीत २ को ट्रेलरबाट उनले आशा देखाएकी छिन् । यो फिल्ममा उनीसँग प्रदिप पाण्डेले रोमान्स गरेका छन् । सिनेमाको ट्रेलरमा शिल्पालाई राम्रो स्पेश पनि दिइएको छ ।
शिल्पा पनि यो फिल्मबाट आशावादी छिन् । जय शम्भु नामक फिल्ममा काम गरेकी शिल्पा यो फिल्म चलेमा भोजपुरी फिल्म उद्योगमा चम्किने सोचमा छिन् । तर, के उनको करिअर भोजपुरी फिल्ममा चम्किएला त ?








