२३ बर्षमा लागिन् सुहाना
नेपाली फिल्म ए मेरो हजुर ३ बाट यो क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुहाना थापा आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सुहानाले आफ्नो जन्मदिन अमेरिकामा मनाएकी छिन् । सुहाना फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनका लागि केही महिना अघि नेपाल आएकी थिइन् । तर, नेपाल आएर फिल्मको छायांकन सके लगतै नेपालमा फेरि कोभिडको संक्रमण बढेको छ । यसैले पनि सुहाना उनको परिवारसहित अमेरिका हानिएकी हुन् ।

सुहाना २ दिन अघि मात्र माता झरना थापा र पिता सुनिलकुमार थापाको साथमा अमेरिका हानिएकी हुन् । अमेरिकामा सुहानाले झरना र सुनिलको साथमा जन्मदिन मनाएकी छिन् । सुहाना सिनेमा ए मेरो हजुर ३ बाट नै नेपाली फिल्ममा स्टार बनेकी थिइन् । तर, ए मेरो हजुर ४ कोरोनाका कारण रिलिज हुन नपाएपछि सुहाना केही मात्रामा निराश भने छिन् ।

सुनिल र झरनाकी एक्ली छोरी सुहाना अमेरिकामा रहेर अध्ययन गर्दै आएकी छिन् । सुहाना आजबाट २३ बर्षमा प्रवेश गरेको उनका पिता सुनिलकुमार थापाले जानकारी दिएका छन् ।








