प्रेमध्वज प्रधान रहेनन्
‘पर लैजाऊ फूलहरु’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘तिमीलाई अचेल कहाँ भेटौं’ लगायतका दर्जनौं चर्चित गीतका वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८४ वर्षको उमेरमा प्रधानको बिहीबार सुन्धारास्थित ‘काठमाडौं न्यूरो एन्ड जनरल’ अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडी उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको कोभिड १९ को नतिजा भने नेगेटिभ छ ।

प्रेमध्वजको जन्म सिन्धुपाल्चोकको चौतारामा १९९४ सालमा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’ मा गीत गाएका थिए । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो ।
For More videos Log on to Mazzako TV







