अभिनेता राजेश हमालले चाडै नै यो चुनौती पार गर्न सकिने उल्लेख गरेका छन् । सामाजिक संजालमा आफ्नो सुगठित शरीर प्रदर्शन गर्दै राजेशले यो चुनौतीबाट चाडै नै पार लाग्ने आशा व्यक्त गरे ।

अभिनेता राजेश हमाल कोभिडका कारण निषेधाज्ञा हुनु भन्दा अगाडि मनाङ पुगेका थिए । यसपछि भने कोभिडका कारण उनी घरमै छन् । अभिनेता राजेश हमालले फिल्म सत्यम्मा काम गर्दैछन् । तर, यो फिल्मको छायांकन कहिलेबाट सुरु हुने हो अत्तोपत्तो छैन ।

यो फिल्मका लागि राजेशले शरीर पनि बनाइरहेका थिए । राजेशले सामाजिक संजालमा बन्दै गरेको शरीर देखाएर कोरोनाको महामारी चाडै नै अन्त्य हुने आशा व्यक्त गरेका हुन् ।

For More videos Log on to Mazzako TV