सरिता र दीपकलाई कोरोना संक्रमण
कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ । सरिता आफैले सामाजिक संजालबाट यो कुराको जानकारी दिएकी छिन् । सरिताले कोरोना पोजिटिभ देखिएको र निकै नै पीडा भैरहेको उल्लेख गरेकी छिन् ।

सरिता जस्तै कलाकार दिपक प्रसाद आचार्यलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सक्कीगोनीको छायांकनबाट गत बुधबार फर्किएपछि शरीर विसन्चो भएको र चेक गर्दा कोरोना पोजिटिभ देखिएको उल्लेख गरेका छन् । उनले आफू श्रीमतीको रेखदेखमा रहेको र उच्च मनोबल रहेको पनि उल्लेख गरेका छन् ।
सरिता र दीपक दुबैले कोरोनालाई सामान्य रुपमा नसोच्न पनि आग्रह गरेका छन् । यस्तै, अभिनेत्री शिल्पा मास्के पनि कोरोना संक्रमित भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा छिन् ।








