फिल्म ‘प्रकाश’ को छायांकन सकिएको छ । यो फिल्मको छायांकन जुम्लामा गरिएको हो । ४२ दिन लगाएर फिल्मको छायांकन जुम्लामा गरिएको निर्माणपक्षले बताएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेता प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका छ ।

फिल्ममा उनीहरुको साथमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी लगायतका कलाकारले अभिनय गरेका छन् । राजेश श्रेष्ठको छायांकनमा तयार भएको फिल्मले एक युवाको सरकारी स्कुलको शिक्षक बन्न गरेको संघर्षको कथालाई उठान गरेको छ ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म निर्माण भएको हो । महेन्द्र अधिकारीको यो फिल्ममा लगानी छ ।

For More videos Log on to Mazzako TV